थपिए ९ सय १२ कोरोना संक्रमित, एकको ज्यान गुम्यो

काठमाडौँ- पछिल्लो २४ घन्टामा देशभर ९ सय १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ९ सय १२ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट एक जनाको ज्यान गुमेको पनि मन्त्रालयले जानकारी दिएको छ।

६ हजार ४ सय ९१ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

 

साउन २०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्