नुवाकोटमा ५ दशमलव ३ म्याग्निच्युडको भूकम्प

काठमाडाैँ- नुवाकोटमा भूकम्प गएको छ। शनिबार बिहान ५ः२६ मा नुवाकोटको बेलकोटगढी केन्द्रविन्दु बनाएर ५.३  म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प  मापन केन्द्रले जनाएको छ।

उक्त भूकम्प गोरखा भूकम्पको पराकम्प भएको सो केन्द्रका भूकम्पविद् डा. मुकुन्द भट्टराईले जानकारी दिए।

उक्त भूकम्पको धक्का नुवाकोट, रसुवा, धादिङ र काठमाडौँ उपत्यकाभित्र महसुस गरिएको थियो।

भूकम्पका कारण काठमाडौँ उपत्यकाभित्र मानिस घरबाहिर निस्केका थिए।

यसअघि साउन १५ गते पनि खोटाङको साकेला गाउँपालिका केन्द्र भएर ६ रेक्टर स्केलको भूकम्प गएको थियो।

 

साउन २१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्