सिमकोट – सदरमुुकामसमेत रहेको सिमकोट गाउँपालिकाका विद्यालयमा शिक्षक लाइसेन्सबिनै पठनपाठन गरिरहेको पाइएको छ।

गाउँपालिकाभित्रका सबै विद्यालयको शैक्षिक गतिविधिको अनुुगमन गर्ने क्रममा सो कुुरा पाइएको हो।

सिमकोट गाउँपालिका– ७ को कैलाश मावि र निमावि तहमा गाउँपालिकाको अनुदान सहयोगमा दुुई जना शिक्षकले केही वर्षयता लाइसेन्सबिनै शिक्षक पदमा बहाल रहेर पठनपाठन गर्दै आएका छन्।

शिक्षा ऐन र नियमावलीमा विद्यालयको कुनै पनि तहका शिक्षक भर्ना गर्दा अनिवार्य लाइसेन्सको व्यवस्था हुनुपर्ने प्रावधान छ।

राजनीतिक पहुँचका आधारमा गाउँपालिकाले यस्ता शिक्षक करारमा भर्ना गर्दै आएको हो। ऐनविरुद्ध लाइसेन्सबिनाका शिक्षक भर्ना गर्ने पक्षमा उक्त विद्यालय नरहे पनि आफ्नो केही नलाग्ने प्रधानाध्यापक मेज बेढाले बताए।

यसरी विद्यालयमा भर्नाका लागि गाउँपालिकाले पठाएका शिक्षकलाई नियुुक्ति दिएर पठनपाठनमा सरिक गर्न विद्यालय बाध्य हुँदै आएको छ।

यसले एउटै विद्यालयमा दुई किसिमका शिक्षकको व्यवस्था हुँदै आएको छ। सिमकोट गाउँपालिका शिक्षा शाखाका नायव सुुब्बा यसरी विगतदेखि नै गाउँपालिकाले विभिन्न १७ जना करार शिक्षकले लाइसेन्सबिनै विद्यालयमा पठनपाठन गरिरहेको जानकारी दिए।

भर्ना भएका शिक्षकमा प्रावि, निमावि र मावि तहका छन्। ऐन नियमावलीअनुुसार विद्यालयमा लाइसेन्सवाला शिक्षक मात्र भर्ना गर्न उनले आफूले सुझाए पनि केही नलागेको र कसैले कुरा नसुुन्ने बताए।

यसअघिका जनप्रतिनिधिले भर्ना गरिएका शिक्षकलाई अहिलेका नयाँ जनप्रतिनिधिले पनि निरन्तरता दिँदै आएका छन्।

नाम्खा गाउँपालिका शिक्षा शाखाका संयोजक मनराज बुढाले भने शिक्षक लाइसेन्सबिनै पाँच वटाले विद्यालयमा पठनपाठन गर्दै आएको बताए।

त्यस्तै, खार्पुनाथ गाउँपालिकामा पनि ठूलो संख्यामा लाइसेन्स बिनाका शिक्षकले अध्यापन गर्दै आएको जानकारी प्राप्त भएको छ।

नियमविपरीत गाउँपालिकाले गरेको यस कार्यविरुद्ध सरोकारवाला निकायमा उजुरी हाले कारबाही प्रक्रिया अगाडि बढ्ने देखिएको छ। गाउँपालिकाले नयाँ शिक्षक भर्ना गर्नुपरे शिक्षा सेवा आयोगले वैकल्पिक लिस्टमा नाम निकालेका उम्मेदवारलाई नियुक्त गर्नुपर्ने नियम छ।

साउन २१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्