महजोडीको ‘महापुरुष’ कार्तिक ११ गते रिलिज हुने

काठमाडौँ – हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘महापुरुष’को प्रदर्शन मिति घोषणा भएको छ।

दुई औपचारिक पोस्टर सार्वजनिक गर्दै निर्माण कम्पनी षट्कोण आर्ट्सले कात्तिक ११ गतेलाई रिलिज डेट तय गरेको छ। फिल्म भाइटीकाको भोलिपल्ट प्रदर्शन हुने भएको छ।

एक पोस्टरमा हरिवंश र गौरी मल्ल बेहुला–बेहुली लुक्समा देखिएका छन्।

अर्कोमा हरिवंशले पिँजडाबाहिरको सुगालाई हेरेर मुस्कुराइरहेको देख्न सकिन्छ। फिल्ममा महजोडीसहित गौरी मल्ल, रविन्द्रसिंह बानियाँ, राजाराम पौडेल, अरुण क्षेत्री र अञ्जना बराइलीसमेत कलाकारको रुपमा छन्।

प्रदीप भट्टराईद्वारा लिखित एवं निर्देशित फिल्मलाई दिपेश खत्रीले निर्माण गरेका हुन्।

साउन २२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्