मोटरसाइकलबाट खसेर झापामा एक महिलाको मृत्यु

सांकेतिक तस्बिर।

काठमाडौँ – आइतबार झापामा छोराले चलाएको मोटरसाइकलबाट खसेर आमाको मृत्यु भएको छ। अर्जुनधारा नगरपालिकाको नारायण चोक र बुद्धशान्ति गाउँपालिकाको जयपुर चोक जोड्ने सडकखण्डमा आइतबार साँझ भएको दुर्घटनामा अर्जुनधारा नारायण चोककी ६२ वर्षीया लक्ष्मीमाया कार्कीले ज्यान गुमाएकी हुन्।

छोरा सुमन कार्कीले चलाएको मोटरसाइकल पछाडि बसेकी उनको खेर मृत्यु भएको प्रहरीले जनाएको छ। सुमनले सडकमा भएको खाल्डोबाट मोटरसाइकल जोगाउन खोज्दा पछाडि बसेकी आमा लक्ष्मीमाया खसेकी थिइन्।

उनको टाउकोमा गम्भीर चोट लागेको र उपचारका लागि बिर्तामोड ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

सुमन पनि अचेत रहेको र उनको बिएन्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

 

 

साउन २२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्