घट्यो सिद्धार्थ इन्सुरेन्सको खुद नाफा

काठमाडौँ – सिद्धार्थ इन्सुरेन्सको खुद नाफा घटेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा सिद्धार्थको खुद नाफा ८.३२% ले घटेर ३२ करोड १० लाख ७१ हजार रुपैयाँमा आएको छ।

अघिल्लो वर्षको यसै अवधिमा ३५ करोड १ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। यसअवधिमा सिद्धार्थको खुद बीमा शुल्क आर्जन १४% ले बढेर १ अर्ब ५ करोड ६२ लाख ३६ हजार रुपैयाँ पुगेको छ।

लगानी, कर्जा तथा अन्य आम्दानी ११.५९% ले घटेपछि कम्पनीको खुद नाफा प्रभावित भएको छ। बीमा कोषको आकार १५.९३% ले बढेर १ अर्ब १६ करोड ८३ लाख १६ हजार रुपैयाँ पुगेको छ।

जगेडा कोषको आकार भने ९.३७% ले घटेर ३१ करोड २६ लाख १७ हजार रुपैयाँमा सीमित भएको छ। असार मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी २४ रुपैयाँ ९३ पैसा र प्रतिसेयर नेटवर्थ २२२ रुपैयाँ ११ पैसा छ।

हाल यो कम्पनी प्रिमियर इन्सुरेन्ससँग मर्जर प्रक्रियामा छ।

साउन २३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्