बाँकेमा २९ अर्बभन्दा बढी राजस्व संकलन

सांकेतिक तस्बिर।

बाँके – बाँकेमा सङ्घीय र लुम्बिनी प्रदेश सरकारअन्तर्गतका कार्यालयबाट आर्थिक वर्ष २०७८/७९ मा साँढे २९ अर्ब बढी राजस्व संकलन भएको छ।

कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) बाँकेको तथ्याङ्कअनुसार, सङ्घीय सरकारतर्फ रु २८ अर्ब ६४ करोड ३९ लाख ४६ हजार सात सय ९२ र प्रदेश सरकारतर्फ रु एक अर्ब एक करोड ४५ लाख ६८ हजार पाँच सय ८४ राजस्व सङ्कलन भएको हो।

सङ्घ र प्रदेश गरी बाँकेमा आव २०७८/७९ मा २९ अर्ब ६५ करोड ८५ लाख १५ हजार तीन सय ७६ राजस्व सङ्कलन भएको हो।

साउन २३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्