कोलम्बियाको पहिलो वामपन्थी राष्ट्रपति गुस्ताभो पेट्रोले गरे सपथग्रहण

एजेन्सी- गुस्ताभो पेट्रोले आइतबार कोलम्बियाको राष्ट्रपतिको रूपमा सपथग्रहण गरेका छन्। उनी वामपन्थी नेताहरूको तर्फबाट कोलम्बियाको पहिलो राष्ट्रपति भएका हुन्। उनको सपथग्रहण समारोहमा लाखौँ व्यक्ति जम्मा भएका थिए।

‘कोलम्बियाको संविधान र कानुनलाई इमानदारीपूर्वक लागू गर्न म भगवानसँग कसम खान्छु र जनतासँग प्रतिज्ञा गर्छु’, ६२ वर्षीय पेट्रोले सपथग्रहणका क्रममा भनेका छन्।

उनले दशकौँदेखि लागुऔषध विरुद्धको प्रयासलाई लक्षित गर्दै ‘लागूऔषध विरुद्धको युद्ध’ असफल भएको कुरालाई मान्यता दिने नयाँ अन्तर्राष्ट्रिय महासन्धि गर्नु पर्ने बताएका छन्।

वन विनाशबाट पीडित कोलम्बियाको अमेजन नदी क्षेत्रका बासिन्दालाई मद्दत गर्न अन्तर्राष्ट्रिय कोष स्थापना गर्न पनि उनले आह्वान गरे।

पेट्रोले आफ्नो चार वर्षको कार्यकालमा धनीहरूमाथि कर बढाउने, स्वास्थ्य सेवा र शिक्षामा लगानी गर्ने र गत वर्ष अन्तर्राष्ट्रिय रूपमा निन्दा भएको असमानता विरोधी ‘क्र्याक’ मा सुधार गर्ने वाचा गरेका छन्।

भेनेजुयाली राष्ट्रपति निकोलास मदुरोले पेट्रोलाई भिडियोमार्फत् बधाई दिँदै भनेका  छन्, ‘म कोलम्बियाका जनतालाई र राष्ट्रपति गुस्ताभो पेट्रोलाई मानिसहरूबीचको सम्मान र प्रेमको आधारमा भाइचाराको पुनर्निर्माण गर्न मेरो हात बढाउनेछु।’

साउन २३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्