‍भदाैमा ‘टप अफ द वर्ल्ड’ गल्फ च्यालेन्ज प्रतियोगिता हुने

काठमाडाैँ-  विश्वको सबैभन्दा उचाइमा रहेको गल्फ कोर्स लोमान्थाङमा भदौ दोस्रो साता ‘टप अफ द वर्ल्ड’ गल्फ च्यालेन्ज प्रतियोगिता आयोजना हुने भएको छ।

मुस्ताङको लोमान्थाङमा ४ हजार ६ सय ३५ मिटर उचाइमा निर्माण गरिएको गल्फ कोर्समा भदौ ११ गते प्रतियोगिता आयोजना हुन लागेको हो।

उच्च स्थानको गल्फ कोर्स भए पनि पहिचान पाउन भने बाँकी छ। लोमान्थाङ युवा क्लव र लोमान्थाङ गाउँपालिकाको संयुक्त आयोजनामा मुस्ताङ गल्फ कोर्षमा ‘टप अफ द वर्ल्ड’ गल्फ च्यालेन्ज प्रतियोगिता आयोजना हुन लागेको हो।

प्रतियोगितामा काठमाडौँ र पोखराबाट गरी २४ पुरुष र ४ महिला खेलाडीको सहभागिता रहने अनुमान गरिएको छ। प्रतियोगिता तीन बाई चार स्टेवलफोर्ड फर्म्याटमा कुल ९ होलमा खेलाइनेछ। विश्वकै अग्लो स्थानमा रहेको गल्फ कोर्स भारतको सिक्किममा रहेको छ।

लोमान्थाङमा प्रतियोगिता आयोजना भएको अवस्थामा नेपालको कोर्सले नयाँ पहिचान पाउनेछ। पहिलोपटक आयोजना हुन लागेको प्रतियोगिताबाट गल्फ कोर्सको गुणस्तर पहिचान गर्ने र आवश्यकता अनुसार परिमार्जन गर्दै लगिने आयोजक लोमान्थाङ क्लबले बताएको छ।

गल्फकार्स गण्डकी प्रदेशसभा सांसद इन्द्रधारा विष्टको सक्रियतामा निर्माण गरिएको हो। सांसद विकास कोर्षको १० लाख, लोमान्थाङ
गाउँपालिका र मुस्ताङका सांसद विष्टको लगानीमा कोर्षको निर्माण भएको हो।

भविष्यमा नेपालको खेल पर्यटनका लागि सहयोग पुर्‍याउने उद्देश्यका साथ गल्फ कोर्सको निर्माण गरिएको र हाइ अल्टिच्युडमा खेलाडीलाई अभ्यस्त बनाउने लक्ष्य रहेको बताए।

नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले अग्लो स्थानको गल्फ कोर्सको पहिचानका लागि सरकार र विश्व गल्फ महासंघमा पहल गर्ने
बताउँदै अग्लो स्थानको गल्फकोर्सले गल्फको विकासमा सहयोग पुर्‍याउने बताए।

 

साउन २३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्