धनगढीमा डेढ किलाे चरेससहित सशस्त्रका जवान पक्राउ

सांकेतिक तस्बिर

धनगढी – डेढ किलो चरेससहित  सशस्त्र जवान पक्राउ परेका छन्।

प्रदेश राजधानी धनगढीबाट बझाङको दुर्गाथली गाउँपालिका–४ घर भएका गणेशप्रसाद जोशीलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार कैलालीको बनबेहडामा कार्यरत सशस्त्र जवान जोशीको साथबाट डेढ किलो चरेस बरामद गरिएको छ। धनगढीको सिटी होटलबाट प्रदेश प्रहरी र जिल्ला प्रहरीको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो।

पक्राउ परेका जोशीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले बताए।

साउन २३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्