नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा भारतका मनोज प्रभाकर नियुक्त

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका मनोज प्रभाकर नियुक्त भएका हुन्।

प्रभाकरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको नेपाल क्रिकेट संघ (क्यान)ले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ।

उनी भारतको राष्ट्रिय क्रिकेट टीमका पूर्व खेलाडी हुन्। उनले भारतका लागि ३९ टेस्ट र १३० एकदिवसीय खेल खेलेका थिए। उनले यसअघि प्रशिक्षकका रुपमा अफगानिस्तानको राष्ट्रिय क्रिकेट टोली सम्हालिसकेका छन्।

साथै उनले भारतको घरेलु क्रिकेट रणजी ट्रफीमा दिल्ली, राजस्थान र उत्तर प्रदेशको क्रिकेट टिमको प्रशिक्षकको रुपमा काम गरिसकेका छन्।

मुख्य प्रशिक्षक नियुक्त भएपछि प्रभाकरले भने,’नेपालमा क्रिकेटप्रतिको चासो, प्रतिभा र सीपको स्तरलाई हेरेर म नेपाली क्रिकेट टोलीलाई बलियो बनाउनको लागि काम गर्न साँच्चै उत्सुक छु।’

यसअघि नेपालका मुख्य प्रशिक्षक रहेका पुबुदु दसानायकेले राजीनामा दिएपछि नेपाली क्रिकेट प्रशिक्षकविहीन थियो।

 

साउन २३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्