बाइनरी गेटवे मेरोमम्मा सार्वजनिक

काठमाडौँ – बाईनरी गेटवे मेरोमम्मा सार्वजनिक गरिएको छ। मेरोमम्माका संस्थापक रवि अग्रवाल तथा आशिष अग्रवालले सोमबार उक्त मोबाइल एप सार्वजनिक गरेका हुन्। दैनिक जीवनलाई थप सरल र सहज बनाउले क्रममा आजकाल विभिन्न एप बजारमा आउने गरेका छन्।

यसैक्रममा मेरोमम्माद्वारा गर्भवती महिला र नवजात शिशुहरुको लागी चाहिने सूचनामूलक लेख सम्पर्क ठेगाना विभिन्न उत्पादन तथा सामग्री बिक्रीका लागि एकीकृत मोबाइल एपको विकास गरी सार्वजनिक गरिएको हो।

यो एपका विशेषता गर्भधारणसम्बन्धी जानकारी, गर्भवती अवस्थामा चाहिने सल्लाह, विज्ञ र सेवा संस्थानहरूको सम्पर्क र ठेगाना, आफूजस्तै अन्य गर्भवती र नवजात शिशुका आमाहरूसँगको अनलाइन समूहका साथै गर्भधान र शिशु सामग्री किन्न सरल र सहज अनलाइन पसल रहेका छन्।

गर्भवती तथा नबजात शिशुका अभिभावकको सुन्दर परिवारको परिकल्पनानामा साथ दिन आएको यो एप नेपालको बजारमा पहिलो प्रयोग हो।

यसबाट मातृ तथा वाल शिक्षा र स्वास्थ्यसँग सम्बन्धित रहकोले यसबाट सबैलाई लाभ मिल्ने कम्पनीले विश्वास लिएको छ।
बार्डनरी गेटवेद्वारा निर्मित यो एपको हेटौंडाका रवि अग्रवाल र आशिष अग्रवाल संस्थापक रहेका छन्।

यसको अवधारणा आशिष र उनकी श्रीमतीका लागि यस विषयमा आफूले सही सूचनाको अभाव र चाहिने सामग्री किन्ने ठाउँको अभावको आफ्नै तीतो अनुभवबाट प्रेरित छ।

बाइनरी गेटवेका अनुसार यो एपको एउटा उद्देश्य भनेको गर्भधान गरिरहेका जोडीलाई सही बिज्ञ र सही सूचनासँग जोड्नु रहेको छ।
यो एप नवअभिभावकको अनुभवमा आधारित भएकाले सही सूचना र सही उत्पादन लक्षित उपभोक्तासमक्ष पुग्नेमा मेरोमम्मा विश्वस्त छ। कम्पनीले यो एपको उद्घाटनपश्चात सुरुमा ग्राहकका लागी निःशुल्क ढुवानी, छुट तथा विभिन्न उपहार प्रदान गर्नेछ।

साउन २३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्