जनकपुरधामबाट बेपत्ता युवक चार दिनपछि मृत फेला

सांकेतिक तस्बिर।

जनकपुरधाम – जनकपुरधामबाट बेपता भएका एक युवक महोत्तरीमा चार दिनपछि मृत फेला परेका छन्।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका ७ बस्ने १८ वर्षीय अर्जुन साहको शव महोत्तरीमा फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

सोमबार महोत्तरीको लोहारपट्टी नगरपालिका ८ भगवानपुर चौरस्थित भ्रमरपुराबाट लोहारपट्टी जाने भित्री सडक खण्डमा बाटोको पश्चिम साइडमा साहको शव फेला परेको महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।

शुक्रबारबाट बेपता भएका युवकलाई उनकै आफन्तले खोज्दै जाँदा आज शव फेला परेको हो।

प्रारम्भिक अनुसन्धान तथा शवको जाँच मुचुल्कापश्चात पोष्टमार्टमको लागि शव शिक्षण अस्पताल काठमाडौँ पठाइएको प्रवक्ता विष्टले बताए।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

साउन २३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्