नेपालगञ्ज – बाँकेमा सोमबार थप १६ जनामा कोरोना देखिएको छ।

भारतबाट आएका सात जना, भेरी अस्पतालमा ८ जना र कोहलपुर मेडिकल कलेजमा एक जनामा कोरोना पुष्टि भएको हो।

नेपालगञ्ज नाकामा रहेको हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीका अनुसार नाकामा एक सय १९ जनाको जाँच गर्दा सात जनामा कोरोना देखिएको छ।

भेरी अस्पतालमा २१ जनाको जाँच गर्दा आठ जनामा कोरोना पुष्टि भएको छ।

कोहलपुर मेडिकल कलेजमा एक जनालाई कोरोना देखिएको छ। जिल्लामा चार जना डिस्चार्ज भएका छन्। ५१ जना संक्रमित होम आइसोलेसनमा रहेका छन्।

साउन २३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्