गायिका तथा अभिनेत्री ‌ओलिभिया न्युटन जाेनकाे निधन

एजेन्सी- ७० को दशकका चर्चित पपस्टार मध्येकी एक र चार पटक ग्रामी अवार्ड विजेता गायिका तथा अभिनेत्री ओलिभिया न्युटन जोनको  निधन भएको छ।

ओलिभियाका श्रीमान् जोन इस्टरलिङले सामाजिक सञ्जालमा पाेस्ट सेयर गरेर उनको मृत्युको पुष्टि गरेका हुन्।

गायकको सोमबार उनको दक्षिणी क्यालिफोर्नियाको घरमा ७३ वर्षकाे उमेरमा निधन भएको हो।

जोन इस्टरलिङले ओलिभियाको आधिकारिक इन्स्टाग्राम अकाउन्टमा पोस्ट सेयर गरेर आफ्नी श्रीमतीको मृत्युको जानकारी दिएका छन्।

जोनले लेखेका छन्, ‘डेम ओलिभिया न्युटन-जोनको आज बिहान दक्षिणी क्यालिफोर्नियामा निधन भयो। यस समयमा उनी आफ्नो परिवार र साथीहरूसँग थिइन्। हामी सबैलाई यस कठिन समयमा परिवारको गोपनीयताको सम्मान गर्न अनुरोध गर्दछौँ।’

उनले ओलिभिया विगत ३० वर्षदेखि स्तन क्यान्सरबाट पीडित रहेको जानकारी दिए।

ओलिभिया न्युटन जोनले सेप्टेम्बर २०१८ मा  क्यान्सरको उपचार गराइरहेकाे जानकारी दिएकी थिइन्।

उनले बाल कलाकारको रूपमा नै प्रदर्शन गर्न थालेकी थिइन्।  १९७१ मा उनले आफ्नो पहिलो ठूलो सफलता ‘इट नट फर यु’ बाट प्राप्त गरेकी थिइन्।  १९७३ मा उनले पहिलो ग्रामी अवार्ड प्राप्त गरेकी थिइन्।

उनले विभिन्न चलचित्रमा काम गरेकी छिन्। जसमध्ये ग्रिजले तहल्का मच्चाएकाे थियाे।

साउन २४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्