फोहोर बोकेर बन्चरेडाँडा पुगेका १८ गाडी तोडफोड

फाइल तस्बिर।

काठमाडौँ – काठमाडौँ उपत्यकाकाे फोहोर लिएर गएका १८ गाडी बन्चरेडाँडामा तोडफोड गरिएको छ।

गएराति बन्चरेडाँडास्थित स्यानिटरी ल्यान्डफिल साइटमा फोहोर विसर्जनका लागि पुगेका गाडी तोडफोड भएका छन्। फाेहाेर लिएर त्यहाँ पुगेका ती गाडी कस्ले ताेडफाेड गर्याे भन्नेबारे पत्ता लागेको छैन।

ल्यान्डफिल साइटका सहायक इन्जिनियर सरकारदीप श्रेष्ठलेका अनुरसार हालसम्म १८ वडा गाडी तोडफोड भएको अवस्थामा छन्।

पाेहाेरकाे विषयलाई लिएर काठमाडाैँ महानगरपालिकाका मेयर बालेन शाह र बन्चरेडाँडाका स्थानीयबीच सहमति भएकाे भएपनि तीन दिनयता फोहोर विसर्जनमा स्थानीयले अवरोध गर्दै आएकाे काठमाडाैँ महानगरपालिकाले जनाएकाे छ।

साउन २४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्