कोरोना संक्रमण बढ्न थालेपछि भेरी अस्पतालमा जनशक्ति थपिँदै

नेपालगञ्ज – बाँकेमा कोरोना संक्रमित बढ्दै गएपछि भेरी अस्पताल नेपालगञ्जले स्टाफ नर्स थप्ने तयारी गरेको छ।

अस्पतालले विगतमा काम गरेका आठ जना स्टाफ नर्सलाई काममा लगाउने तयारी गरेको हो।

कोरोनाको पहिलो र दोस्रो लहरमा करारमा कर्मचारी थपिएको थियो। उनीहरुमध्येबाट आठ जनालाई फेरि कोभिड वार्डमा परिचालन गर्ने निर्णय गरिएको छ।

यसैबीच, भेरी अस्पतालमा मंगलबार २१ जनाको जाँच गर्दा १७ जनालाई कोरोना देखिएको छ। १७ जनामध्ये १३ जना बाँके जिल्लाका रहेका छन्।

कोहलपुर मेडिकल कलेजमा एक जना र नेपालगञ्ज नाकामा तीन जनालाई कोरोना पुष्टि भएको छ।

कोरोना संक्रमित बढिरहे पनि अस्पतालमा भर्ना भएका छैनन्। बाँकेमा ६५ जना सक्रिय संक्रमित होम आइसोलेसनमा रहेका छन्।

साउन २४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्