काठमाडाैँ- बालाजुस्थित जुत्ता कारखानामा बुधबार बिहानदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन।

काठमाडौँ महानगरपालिका-१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी भएको हो।

जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बालाजु बाइपास नजिकको एक जुत्ता कारखानामा आगलागी भएको जानकारी दिए।

अहिले नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी आगाे नियन्त्रणमा खटिएका छन् ।

आगलागी नियन्त्रणमा लिन जुद्ध वारुणयन्त्र, सेना र प्रहरीको दमकलसमेत प्रयोग भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार करिब ९० प्रतिशत आगलागी नियन्त्रणमा आइसकेकाे प्रहरीले जनाएकाे छ।

विद्युत सर्ट हुँदा आगलागी भएकाे प्रारम्भिक अनुसन्धानबाट खुलेकाे छ।