मानविकी तथा सामाजिक शास्त्र संकायको एमफील र पीएचडीको भर्ना आवेदन खुला

काठमाडौँ – त्रिभुवन विश्‍वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायको डिन कार्यालयले शैक्षिक वर्ष २०७९ एमफील, पीएचडीको लागि भर्ना आवेदन खुला गरेको छ।

डिन कार्यालयले सूचना जारी गर्दै अध्ययन गर्न चाहने विद्यार्थीले साउन २६ गतेदेखि भदौ २५ गतेसम्म नियमित र दोब्बर दस्तुरमा असोज २ गतेसम्म आवेदन भर्न सक्‍ने जनाएको छ।

 

साउन २५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्