एकीकृत समाजवादीले बनायो निर्वाचन घोषणापत्र तयारी समिति

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)ले ४ मंसिरमा हुने संघ र प्रदेशको चुनावका लागि घोषणा पत्र तयार पार्न र उम्मेदवार छनोटको मापदण्ड निर्धारणका लागि समिति तयार गरेको छ।

बुधबार पार्टी कार्यालय आलोकनगरमाा बसेको सचिवालयको बैठकले घोषणापत्र तयार गर्न नेताहरू प्रकाश ज्वाला, गंगालाल तुलाधार र विजय पौडेललाई जिम्मेवारी दिएको छ।

बैठकले उम्मेदवार छनोटको मापदण्ड र विधिबारे प्रस्ताव तयार पार्ने जिम्मेवारी महासचिव बेदूराम भुसाललाई दिएको छ। निर्वाचन आयोगमा दल दर्ता गराउने जिम्मेवारी उपमहसचिव गंगालाल तुलाधरलाई दिइएको छ।

निर्वाचनसम्बन्धी निर्देशिका तयार गर्ने जिम्मा पार्टीको कानुन विभागलाई दिइएको छ।

साउन २५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्