रविन्द्र मिश्रले मतदातालाई गरे यस्तो आग्रह

रवीन्द्र मिश्र। फाइल तस्बिर।

काठमाडौँ- विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रविन्द्र मिश्रले आगामी निर्वाचनमा इमानदारी, क्षमता र परिपक्वतालाई उच्च महत्त्व दिन मतदातालाई आग्रह गरेका छन्।

बहकिएर नेतृत्व चयन गर्दा देशमाथि धेरै घात भएको भन्दै उनले सक्षम व्यक्तिलाई पहिचान गरेर मात्रै मत दिन आग्रह गरेका हुन्।

उनले फेसबुकमा लेखेका छन्, ‘इमानदारी र क्षमताको परीक्षण हुँदै जाला, परिपक्वता भएन भने कस्ता कच्चा काम हुन्छन्, परिणाम देखिन थालेको छ। कहिले विचारको बन्धनमा बाँधिएर, कहिले बहकिएर नेतृत्व चयन गर्दा हामीले यो देशमाथि धेरै घात गरिसकेका छौँ।’

स्थानीय निर्वाचनको नेतृत्व चयन गर्दा आफूले इमानदारी, क्षमता र परिपक्वता आवश्यकता रहेको बुझेको उनको भनाइ छ।

‘संघीय निर्वाचन आउँदैछ। इमानदारी, क्षमता र परिपक्वतालाई उच्च महत्त्व दिऊँ। बहकिने काम नगरौँ। विचारभन्दा माथि देशलाई राखौँ’ ,उनले लेखेका छन्।

 

साउन २६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्