क्यानडामा मङ्कीपक्सबाट हजारभन्दा बढी संक्रमित

एजेन्सी- क्यानडामा मङ्कीपक्सबाट संक्रमित हुनेहरूकाे संख्या एक हजारभन्दा बढी पुगेको छ। क्यानडाको सार्वजनिक स्वास्थ्य सम्वन्धी निकायले अहिलेसम्म एक हजार आठ जना मङ्कीपक्सबाट संक्रमित भएका जनाएकाे हाे।

तीमध्ये सबैभन्दा धेरै ओन्तारियोमा देखिएको छ। ओन्तारियोमा अहिलेसम्म ४९७ जनामा मङ्कीपक्स पुष्टि भएको छ।

त्यसैगरी क्वेबेसमा ४२५ जना, ब्रिटिक कोलम्बीयामा ८५ जना र अल्बेर्तामा १६ जना मङ्कीपक्सबाट संक्रमित भएका छन्।

मङ्कीपक्सका बिरामीहरू दैनिकरूपमा बढ्दै गएकाले प्रदेश अनुसारको सङ्ख्या पनि परिवर्तन हुने मन्त्रालयले जनाएको छ।

साउन २६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्