ए डिभिजन लिग पुस दोस्रो साताबाट

फाइल तस्बिर।

काठमाडौँ – अखिल नेपाल फुटबल संघ (एन्फा)को पहिलो वैधानिक कार्यसमितिको बैठकले सहिद स्मारक ए डिभिजन लिग ८ पुसदेखि ४ चैतसम्म गर्ने निर्णय गरेको छ।

सातदोबाटोस्थित एन्फा मुख्यालमा जारी कार्यसमिति बैठकले एनएसएल सकिएपछि शीर्ष डिभिजन लिग आयोजना गर्ने निर्णय गरेको हो।

६ असारसम्म चुनावी साधारण सभाबाट चुनिएको एन्फाको नयाँ कार्यसमितिको दोस्रो र विधिगत रुपमा बसेको पहिलो बैठकले नेपाली फुटबलको सबैभन्दा ठूलो लिग पुसमा सुरु गर्ने निर्णय गरेको हो।

यस्तै, नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण असोज चौथो साताबाट सुरु गर्ने निर्णय गरेको छ। यसअघि दुई पटक मिति सार्वजनिक भएर स्थगित भएको एनएसएल २३ असोजदेखि मंसिर २ मंसिरसम्म गर्ने निर्णय गरेको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए।

गत वैशाखमा भएको एनएसएलको दोस्रो संस्करण सहिद स्मारक ए डिभिजन लिगका क्लबहरुको चर्को विरोधका कारण अन्तिम समयमा पुगेर स्थगित भएको थियो।

१० टोली सहभागी हुने एनएसएलको खेलाडी अक्सन भइसकेको छ।

साउन २६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्