नेपाल फोरम अफ साइन्स जर्नालिस्ट्स (एनएफएसजे) को अध्यक्षमा पोखरेल

काठमाडौँ – विज्ञान पत्रकारितामा क्रियाशील पत्रकारहरुको संस्था नेपाल फोरम अफ साइन्स जर्नालिस्ट्स (एनएफएसजे) को अध्यक्षमा राजनपोखरेल चयन भएका छन् ।

राजधानीमा सम्पन्न एनएफएसजेको नवौँ वार्षिक साधारणसभाले पोखरेललाई अध्यक्षमा चयन गरेको हो । करिब दुई दशकदेखि पत्रकारितामा क्रियाशील पोखरेल अंग्रेजी दैनिक दी हिमालयन टाइम्सका एक्टिङ एडिटर हुन् ।

एनएफएसजेको उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः मधुसुधन गुरागाईं, गोविन्द पोखरेल र बालिका मादेन चुनिएका छन् । यसैगरी, सदस्यहरुमा इन्दिरा अर्याल, सोनाम लामा र अरुणा जोशी चयन भएका छन् ।

एनएफएसजेका निवर्तमान अध्यक्ष राजेन्द्र खनालले नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा संस्थाले नयाँ उचाई हासिल गर्ने विश्वास व्यक्त गरे ।

एनएफएसजेका संस्थापक अध्यक्ष छत्र कार्कीको संयोजकत्वमा लक्ष्मण डंगोल, राजेन्द्र खनाल, भद्र शर्मा, मणि दाहाल, अभयराज जोशी र सौगात बोलाखे सदस्य रहेको प्रोग्राम कमिटी गठन गरिएको छ ।

कमिटीले एनएफएसजेको कार्यसमितिसँग समन्वय गरी विज्ञान लेखन तथा पत्रकारितालाई प्रवद्धर्न गर्ने खालका कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ ।

साउन २७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्