देशलाई सुखी र समृद्ध बनाउने जिम्मा अब युवाको काँधमाः मन्त्री गहतराज

काठमाडौँ – युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले देशलाई सुखी र समृद्ध बनाउन विकासको गति बढाउन आवश्यक रहेको बताएका छन्।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा परिषद्को कार्यक्रममा मन्त्री गहतराजले देशलाई सुखी र समृद्ध बनाउने जिम्मा युवाको काँधमा आएको बताए।

उनले अहिलेका युवाले राजनीतिक परिवर्तनको आन्दोलनका लागि रगत बगाउनुपर्ने अवस्था नभएको बताए।

उनले भने, ‘युवाले देशलाई सुखी र समृद्धि विकासको गतितिर दिशा दिने नयाँ अविभारा युवाको काँधमा छ। युवाले अब राजनीतिक परिवर्तनको आन्दोलनका लागि रगत–पसिना बगाउनुपर्ने ठाउँमा छैनौँ। अब युवाको जिम्मेवारी र दायित्व भनेको देशको विकास समृद्धिको बनाउने नयाँ युवा पुस्ताको अगाडि छ। असल नियतसाथ देशलाई विश्वसामु समृद्ध राष्ट्रको रूपमा अगाडि बढाउनुपर्ने दायित्व हाम्रो अगाडि छ। मुलुकलाई समृद्ध बनाउने अविभारा अहिलेका युवा पुस्ताले आत्मसात् गरेर युवाले नेतृत्वलाई सराप्ने होइन। नेतृत्वले स्थापित प्रणालीलाई गर्वगर्दै स्वाभिमानका साथ बाँच्ने गरी राजनीतिक क्रान्तिको चरण पूरा भयो। अब युवाहरूले समृद्धको चरण पार गर भनेर अघिल्लो पुस्ताले युवाहरुको काँधमा सुम्पेको छ।’

मन्त्री गहतराजले मुलुकलाई समृद्ध बनाउने अविभारा अहिलेका युवा पुस्ताले आत्मसात् गरेर अघिल्लो नेतृत्वलाई गाली गर्नु नहुने बताए। उनले अघिल्लो नेतृत्वले स्थापित गरेको प्रणालीलाई गर्व गर्दै युवाले समृद्धको चरण पार गर्नुपर्ने बताए।

साउन २७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्