काठमाडौँ- आज देशभर गाईजात्रा पर्व मनाईंदै छ।

प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइदै छ।

यो पर्व नेवार समुदाय बसोबास भएका ठाउँमा मनाइने विशेष पर्व हो।

वर्षभरि दिवङ्गत भएका आफन्तको सम्झना तथा मनशान्तिका लागि गाई वा मानिसलाई गाईका रूपमा सिँगारी नगर परिक्रमा गराउने परम्परागत प्रचलन रहेको छ।

मृत्यु भएको एक वर्ष नपुगेका आफन्तका परिवारले गाइजात्राका दिन मृतक आफन्तको सम्झनामा उनीहरुको तस्बिरका साथै पुत्लाहरु बनाएर आ–आफ्ना इलाका परिक्रमा गराउने प्रचलन छ।   गाई र मानिसलाई सिगारी मृतक आफन्तको प्रतिमाका साथ सहर परिक्रमा गर्दै मृतकका  आफन्तले फलफुल, मिठाई, दुध, दही लगायत विभिन्न खानेकुरा र द्रव्य दान गर्ने प्रचलन छ। गाईजात्रा पर्वको सुरुवात राजा प्रताप मल्लले गराएको मानिन्छ।

आज काठमाडौँको बसन्तपुरमा गाईजात्रा मनाउ देशका विभिन्न स्थानबाट आउने मान्छेहरुको उल्लेख्य उपस्थिति रहेको थियो।

उनीहरुले मृतक आफन्तको सम्झनामा मृतकको फोटो लिएर परिक्रमा गरेका थिए।

तस्बिरमा हेरौं बसन्तपुरमा गाईजात्रा मनाउन पुग्नेहरु: