निहारिका राजपुतलाई ‘माफी माग्न’ करिश्मा मानन्धरको आग्रह

फाइल तस्विर
 काठमाडौँ- आफूमाथि बलात्कार भएर बच्चा जन्मिएको भन्दै न्यायका लागि आन्दोलनमा उत्रिएकी निहारिका राजपूतलाई आमाबुबासँग माफी माग्न अभिनेत्री करिश्मा मानन्धरले आग्रह गरेकी छन्।
उनले सामाजिक सञ्जालमार्फत निहारिकालाई माफी माग्न भनेकी हुन्। यस केसको स्वरुप थाहा नपाई निहारिकालाई सहयोग गर्न अघि सरेको भन्दै उनले आफूले पनि सबैसँग माफी मागेकी छन्।
उनले भनेकी छन्- निहारिका, आमाबुवासँग माफी माग। ‍बच्चालाई असर पर्छ, तिम्रो जीवनमा असर पर्छ। आफूलाई दुख नदेऊ।’
उनले निहारिकाको मुद्दा वास्तविक नभएको संकेत गर्दै यसले साँच्चिकै पीडित नाबालिकको मुद्दामा असर पर्ने बताएकी छन्।
उनले  राज्य तथा न्यायपालिकालाई यो केसको गहिरो छानबिन गर्न पनि अनुरोध गरेकी छन्।

साउन २७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्