ला लिगा : उद्घाटन खेलमा ओसासुनाकाे जित

एजेन्सी- स्पेनिस ला लिगा फुटबल २०२२/२३ सिजनकाे उद्घाटन खेलमा सेभिया पराजित भएकाे छ।

गए राति भएकाे खेलमा सेभिया ओसासुनासँग २-१ अन्तरले पराजित भएको हाे।

घरेलु टोली ओसासुनाको जितमा इजिक्वेल एभिला र एइमज ओरोजले समान एक-एक गोल गरे। सेभियाका राफा मिरले सान्त्वना गोल फर्काए।

खेलकाे ९ मिनेटमै एभिलाले गाेल गरी ओसासुनालाई सुरुवाती अग्रता दिलाएका थिए। ११ औँ मिनेटमै मिरले गाेल गरी सेभियालाई बराबरीमा ल्याए। ७४ ‍औँ मिनेटमा ओराेजले पेनाल्टीमार्फत् गाेल गरी ओसासुनालाई जित दिलाए।

जितसँगै ओसासुनाले महत्त्वपूर्ण तीन अंक जोडेको छ । यता, हारसँगै सेभियाको उपाधी यात्रामा धक्का लागेको छ।

साउन २८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्