लेक लागेर बेहोस भएका तीन जनाको सकुशल उद्धार

काठमाडाैँ- रसुवा जिल्लाको गोसाइँकुण्ड गाँउपालिका-५ स्थित गोसाइकुण्ड तीर्थबाट हिजाे घर फर्कने क्रममा लेक लागी बेहोस भएका तीन जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।

बेहोस हुनेहरूमा नुवाकोट जिल्लाको ककनी गाँउपालिका ८ बस्ने ४५ वर्षीय नारायण भण्डारी र सोही जिल्लाको विदुर नगरपालिका ११ बस्ने २० वर्षीया साधना प्याकुरेल र धादिङ्ग जिल्लाको नीलकण्ठ नगरपालिका ३ बस्ने १० वर्षीय निर्जीव दुवाडी छन्।

सो बारे जानकारी प्राप्त भएपश्चात सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गुल्म रसुवाबाट गएको सशस्त्र प्रहरीले उनीहरुलाई पिठ्यूमा बोकी धुन्चे अस्पताल ल्याउने क्रममा उनीहरूको बाटोमै स्वास्थ्यमा सुधार आएपछि आफन्तको जिम्मा लगाइपठाइएको छ।

साउन २८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्