कंग्रेस अध्यक्ष सोनिया गान्धी पुन: कोरोना संक्रमित

एजेन्सी- भारतीय कंग्रेस अध्यक्ष सोनिया गान्धी पुन: कोरोना संक्रमित भएकी छिन्।

कांग्रेस सांसद तथा पार्टीका वरिष्ठ नेता जयराम रमेशले उनी कोरोना संक्रमित भएको जानकारी गराएका हुन्।

उनले नेतृ गान्धीले शनिबार कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको बताए।

हाल उनी आइसोलेसनमा बसेकी छिन्।

यसभन्दा पहिला नेतृ गान्धी जुनमा संक्रमित भएकी थिइन्। संक्रमणमुक्त भएकाे केही समयै उनी अस्पतालमा भर्ना हुनु परेको थियो।

यही साता कांग्रेस महासचिव प्रियंका गान्धी पनि कोरोना संक्रमित भएकी थिइन्।

साउन २८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्