केपी ओली र उनको पार्टीलाई आउने चुनावमा हराउँछौंः मेटमणि चौधरी

दाङ–सहरी विकासमन्त्री मेटमणि चौधरीले मंसिर ४ गते हुने निर्वाचनमा दुई पक्ष विच प्रतिस्पर्धा हुने बताएका छन्।

उनले लोकतन्त्रलाई मास्न खोज्ने शक्तिलाई पाँच दलिय गठबन्धले पराजित गर्ने जिकिर गरे।

‘नेपालमा विश्वकै नमुना लोकतन्त्रको अभ्यास भइरहेको छ। हामी लोतकन्त्रीक प्रणालीको पक्षमा छौं। अर्काे भनेको यो लोकतान्त्रीक प्रणालीलाई मास्ने पक्ष छ। त्यो पक्षलाई चुनावबाट हराउँछौं’उनले भने–‘केपी ओलीले लोकतन्त्र मास्न खोजे, समानुपातीक समावेशिता खोस्न खोजे। उनलाई र उनको पार्टीलाई आउने चुनामा हराउछौं।’

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकिकृत समाजवादीलगायत पाँच दलीय गठबन्धन र अर्काे तर्फ एमाले, राजावादी पार्टी राप्रपा लगायतको अर्काे गठबन्धन विच प्रतिस्पर्धा हुने जिकिर गरे।

शनिबार गृहजिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा उनले आउने चुनाव देशको भाग्य र भविस्य बदल्ने चुनाव हुने दावी गरे। अर्काे प्रसंगमा उनले आफु बजेट बाँडफाँड गर्ने ठाउँमा पुगेको भन्दै सार्वजनिक कामका लागि बजेट माग्न अनुरोध गरे।

‘अहिले म बजेट दिन सक्ने ठाउँमा छु। मन्त्री भएको छु। अव १ नम्बर निर्वाचन क्षेत्रले मुहार फेर्छ’उनले भने–‘चुनावको बेलामा खरको छानो फालेर टिन लगाउने कुरा गर्दा धेरैले हावा कुरा भनेर उडाए। अहिले त्यो काम सम्पन्न हुँदै छ।’

आफुले अघि सारेका योजना पुरा हुनेगरी अघि बढाएको बताए। देउखुरीबाट स्वर्गद्धारी जोड्न केवुलकार, बबई नदीबाट मुसोट सम्म सुरुङ मार्ग, राप्ती नदीमा बृहत तटबन्ध राप्ती करिडोर निर्माण लगायतका योजना सुरु गरिने बताए।

साउन २८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्