कैलालीकाे हरैयामा काँग्रेस नेता शशांक काेइरालाले गरे ५ तारे हाेटेलकाे शिलान्यास

धनगढी – कैलालीको गोदावरी नगरपालिकामा ५ तारे होटेलकाे सिलान्यास गरिएकाे छ।

गाेदावरी नगरपालिकाको वडा नम्बर ७ हरैयामा आइडिया होटेल एण्ड क्यासिनोकाे सिलान्यास गरिएकाे छ। होटेलको शनिबार एक कार्यक्रमका बिच प्रतिनिधि सभा सांसद एवम् नेपाली कांगेसका नेता शशाङ्क कोइरालाले शिलान्यास गरेका छन्।

होटेलको शिलान्यास गर्दै कोइरालाले होटेल व्यवसायले सद्भावको भावना जागृत गर्ने बताए। उनले होटेल व्यवसायले यस क्षेत्रको आर्थिक विकासमा मदत पुग्ने बताए। आइडिया नेपालका अध्यक्ष गोकर्ण श्रेष्ठले होटेलमा १५० गेष्ट रुम रहने बताए।

उनले होटेलको २ हजार जना अटाउने सेमिनार हल, १ हजार ५ सय जनाले एकै पटक खेल्न सक्ने क्यासिनो लगायतका सेवा सञ्चालन हुने बताए। आइडिया ग्रुपको नाममा २३ बिगाह सो क्षेत्रमा जग्गा रहेको र जसमध्ये २ बिगा जग्गामा होटेल र अन्य क्षेत्रमा आइडिया सिटी निर्माण गरिने बताइएको छ।

आइडिया नेपालका अध्यक्ष श्रेष्ठले होटेल क्यासिनोले सयौँ मान्छेलाई रोजगारी दिने बताए। उनले होटेल सञ्चालनका लागि २ अर्ब लगानी लाग्ने अनुमान गरिएको बताए। होटेल १५ तलाको हुने जनाइएको छ।

साउन २८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्