सुन्दरीजलमा खसेर एक जना बेपत्ता

सुन्दरीजल। फाइल तस्बिर।

काठमाडौँ – काठमाडौँको सुन्दरीजलमा एक पुरुष खसेर बेपत्ता भएका छन्।

शनिबार दिउँसो एक जना पुरुष सुन्दरीजलस्थित बागमतीमा खसेर बेपत्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

बेपत्ता भएका पुरुषको खोजी कार्य भइरहेको र उनको पहिचान खुल्न नसकेको प्रहरीको भनाइ छ।

साउन २८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्