अन्तत: श्रीलंकाको दक्षिणी बन्दरगाहमा आइपुग्ने भयो चिनियाँ जहाज

सांकेतिक तस्बिर।

श्रीलंकाली सरकारले उच्चप्राविधिक चिनियाँ अनुसन्धान जहाजलाई आफ्नो दक्षिणी बन्दरगाह ह्यामबान्तोतामा आगामी मंगलबारसम्म पुग्न स्वीकृति दिएको छ।

भारतीय दैनिक इन्डियन एक्सप्रेसका अनुसार चिनियाँ ब्यालिस्टिक मिसाइल र स्यालेटाइट ट्र्याक गर्ने  ‘जहाज युआन वाङ फाइभ’ ह्यामबान्तोता बन्दरगाहमा बिहीबार आइपुग्ने र बुधबारसम्म रहने योजना थियो। यद्यपि श्रीलंकाली विदेश मन्त्रालयको अनुरोधमा श्रीलंकास्थित चिनियाँ दूतावासले उक्त जहाजको यात्रालाई भारतीय सुरक्षा चासोका कारण पर सारेको हो। यहीअनुसार उक्त जहाज ह्यामबान्तोतामा बिहीबार आइनपुगेको हो।

स्रोतलाई उद्धृत गर्दै इन्डियन एक्सप्रेसले उल्लेख गरेअनुसार श्रीलंका सरकारले अन्तत: उक्त जहाजलाई बिश्रामका लागि अनुमति दिएको हो।  अब उक्त जहाज मंगलबार ह्यामबान्तोता आइपुग्नेछ भने सोमबारसम्म त्यहाँ रहनेछ।

उक्त जहाजले ह्यामबान्तोताभन्दा करिब ६ सय नटिकल माइल टाढा रहेर अनुमतिका लागि प्रतीक्षा गरिरहेको पनि सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

श्रीलंकामा भने विपक्षीहरुले यस विषयमा सरकारको आलोचना गरेका छन्।

साउन २८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्