अधुरो तिलावे पुलको मन्त्री राईले गरे उद्घाटन

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकास्थित वडा नम्बर १७ र १९ जोडने तिलावे पुलको शनिबार एक कार्यक्रमकाबीच भौतिक पुर्बाधार तथा यातायात मन्त्री ईस्तियाक राईले उदघाटन गरेका छन्।

पुल नजिकै आयोजित कार्यक्रममा मन्त्री राईले तिलावे पुलको उदघाटन गरेका हुन।तीन बर्षमा बनाई सक्नुपर्ने गरि २०७२ साल जेठ २५ गते तीन बर्षमा पुल निर्माण गर्ने कार्य सम्पन्न गर्नको लागि पप्पु लुम्बिनी जेभीले ७ करोड ७१ लाखमा ठेक्का साकार गरेको थियो। तर तीन बर्षमा बनाउनुपर्ने पुलको ठेक्का पाएको निर्माण कम्पनी पप्पु लम्बिनी जेभीले सात बर्ष लगाएर ९० प्रतिशत मात्रै पुलको काम सम्पन्न गरेको छ।

वीरगञ्ज ठोरी हुलाकी राजमार्ग अन्र्तगत पर्ने तिलावे पुलको निर्माण कार्य ९० प्रतिशत मात्रै पुरा भएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालयले जानकारी दिएको छ।कार्यालयका अनुसार बाँकी रहेको १० प्रतिशत पुलको काम बर्षा बितेपछि ठेकेदार कम्पनीले पुरा गर्नेछ।

अहिले पनि पुलको दुबै तर्फ सम्पर्क सडकको कार्य गर्न बाँकी रहेको छ।पुल निर्माणको कार्य सम्पन्न भएपछि लामो समयदेखि जामको समस्या खेप्दै आएका जिल्लाबासीहरुले राहत महसुस गर्ने बिश्वास लिइएको छ।लामो समयदेखि तिलावे नदीमा पुल निर्माणको कार्य सम्पन्न नह्ुदा पर्साका ग्रामीण भेगका जनताहरु बढी मारमा पर्दै आएका थिए।पहिले भएको फलामको तिलावे पुलमा सवारी साधनको चाप खेप्न नसक्दा दैनिक साँझ बिहान घण्टौ जाम हुने गरेको थियो।जसका कारण सर्ब साधारण सँगै अति आवशयक एम्बुलेन्स,दमकल लगायतका साधनलाई पनि जाममा पर्नु परेको थियो।

जिल्लाको ग्रामीण भेगलाई सदरमुकाम वीरगञ्ज्सित जोडने एकमात्र पुलको रुपमा रहेको तिलावे नदीमा नयाँ पुल बनाउने ठेक्का पाएको निर्माण कम्पनीलाई समयमै पुल निर्माण गरि दिन भन्दै यहाँका जनता सर्ब साधारण,समाजिक अगुवा युवाहरुले आन्दोलन समेत गरेका थिए।बिभिन्न किसिमका आन्दोलन र टिका टिप्पणी खेप्दै अन्ततः ३ बर्षमा बनाउनुपर्ने तिलावे अहिले ९० प्रतिशत बनेपछि मन्त्री राईले उदघाटन गरेका हुन्।

उदघाटन कार्यक्रम सडक विभागका महानिर्देशक अर्जुनजंग थापाको अध्यक्षतामा भएको सम्पन्न भएको थियो। कार्यक्रममा बनमन्त्री प्रदिप यादव,मधेस प्रदेशसभा सदस्य करिमा बेगम, जन्नत अन्सारी, वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह लगायतको सहभागिता थियो। तिलावे पुल पुरा नबन्दै उदघाटन हुने थाहा पाएपछि भएको थियो ब्याप्क बिरोध वीरगञ्ज ठोरी हुलाकी सडकखण्ड अन्र्तगत वीरगञ्जको तिलावे पुल पुरा नबन्दै उदघाटन हुने भएपछि त्यसको यसअघि ब्याप्क रुपमा बिरोध भएको थियो।तिलावे पुलको काम सम्पन्न नहुदै पुलको गत बुधबार नै उदघाटन हुने भएपछि त्यसको बिरोध भएको थियो।

समाजिक सञ्जाल फेसबुकमा समाजिक कार्यकर्ता,नेता,राजनितीक दलका कार्यकर्ता लगायतले तिलावे पुलको काम सम्पन्न नहुदै उदघाटन हुने भएपछि बिरोध गरेका थिए।समाजिक सञ्जाल फेसबुकमा समजिक अभियन्ता ब्रिजेश्वर चौधरीले तिलावे पुलको उदघाटनको बिरोध गर्दै तिलावे पुल अहिले पुरै अघुरै अवस्थामा रहेको प्रष्ट रुपमा देखीएपनि हतार मा यसरी पुलको उद्घघाटनको आवश्यकता नै देखिएको बताएका छन्।

उनले तीन बर्षको ठाउ मा सातबर्ष सम्म कुर्दा हतार नभएको तर अहिले आएर पुल उदघाटनको एकाएक किन हतार भएको भन्दै प्रशन गरेका थिए। चौधरीले आफनो फेसबुक वालमा लेखेका थिए,तिलावे पुल अहिले पुरै अघुरै अवस्थामा रहेको हामी सबै जना प्रष्ट रुपमा देखी रहेका छौ,यति हुदा हुदै पनि हतारमा यसरी उद्घघाटन को आवश्यक्ता नै देखिएन। ३ साल को ठाउ मा ७ साल सम्म कुर्दा हतार नै थिएन।

अहिले के को यति हतार ? बढ़ी मा १/२ महिना थप अरु लागला।‘फेसबुकमै तिलावे पुलको उदघाटनको बिरोध गर्दै स्थानीय युवा जय यादवले सवारी साधन गुड्न नसक्ने अवस्थामा पनि तिलावे पुलको उद्धघाटन गर्ने तयारी गरिएकोमा बिरोध जनाएका थिए।

उनले पुलको काम सम्पन्न नहुदै बिचमै उदघाटन हुनुमा आफनो घोर आपत्ती र बिरोध भएको बताएका थिए।‘यादवले फेसबुकमा लेख्दै भनेका थिए,’ सवारी साधन गुड्न नसक्ने अवस्थामा पनि तिलावे पुलको उद्धघाटन गर्ने तयारी गरिएको छ। घोर आपत्ती र बिरोध छ मेरो।’

साउन २८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्