युक्रेन युद्ध : परमाणु ऊर्जा केन्द्रमा रहेका रुसी सैनिकलाई जेलेन्स्कीको चेतावनी

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले कब्जामा रहेको जापोरेज्हिया परमाणु ऊर्जा केन्द्रमा आक्रमण गर्ने रुसी सैनिकलाई आफ्नो देशका सुरक्षाकर्मीले निशाना बनाउने चेतावनी दिएका छन् ।

युरोपको ठूलो परमाणु ऊर्जा केन्द्र हाल रुसको कब्जामा छ । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आफ्नो नियमित रात्रिकालीन सम्बोधनको क्रममा शनिबार परमाणु उर्जा केन्द्रबाट वा केन्द्र तर्फ आक्रमण गर्नेहरु युक्रेनका लागि ‘विशेष निशाना’ बन्ने बताएका हुन् ।

मस्कोले ऊर्जा केन्द्रलाई रुसी सैनिकको बेसक्याम्प बनाएको आरोप समेत जेलेन्स्कीले लगाएका छन् । रुसले केन्द्रलाई ‘परमाणु ब्ल्याकमेल’ का रुपमा प्रयोग गरेको उनको भनाइ छ ।

रुसले गएको मार्चमा सो परमाणु केन्द्र कब्जामा लिएको थियो। युक्रेनको दक्षिणी शहर निकोपोलमा रहेको परमाणु ऊर्जा केन्द्र रणनीतिक रुपमा महत्वपूर्ण मानिन्छ। यो हप्ताको सुरुमा परमाणु केन्द्रमा गोलाबारी भएको थियो। युक्रेन र रुसले त्यसका लागि एकअर्कालाई आरोप लगाएका थिए ।

साउन २९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्