नयाँ सिजनमा बार्सिलोनाको सुरुवात खराब

स्पेनिस ला लिगाको नयाँ सिजनको सुरुवाती खेलमा बार्सिलोनाले जित निकाल्न सकेन। शनिबार राति भएको खेलमा जाभीको बार्सिलोना रायो भालेकानोसँग गोलरहित बराबरीमा रोकिएको हो ।

घरेलु मैदानमा भएको खेलमा इन्जुरी समयमा बुस्क्वेट दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि बार्सिलोना केही समय १० खेलाडीमा सीमित भएको थियो । यो गर्मीयाममा अनुबन्धित भएका रोबर्ट लेवान्डोस्कीसहितका खेलाडीले बार्सिलोनाबाट डेब्यु गरे पनि गोल भने गर्न सकेनन् ।

शनिबार राति नै भएको खेलमा रियल भालाडोलिडलाई ३–० ले पराजित गरेको भिल्लारियल शीर्ष स्थानमा छ । अर्को खेलमा सेल्टा डी भिगो र स्पानियोलले २–२ को बराबरी खेलेका छन् ।

साउन २९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्