आज यी स्थानमा भारी वर्षा, सतर्क रहन आग्रह

फाइल फोटो ।

काठमाडौँ – आज बिहान मुलुकका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ। दिउँसो मुलुकका केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज सुदूरपश्चिमका एक-दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको छ। भारी वर्षाका कारण बाढी-पहिराे तथा अन्य प्रकाेपकाे जाेखिम रहेकाेले सतर्क रहन समेत महाशाखाले आग्रह गरेकाे छ।

यस्तै, राति प्रदेश १, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही तथा बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको छ।

सोमबार बाग्मती, लुम्बिनी र कर्णालीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको आकलन गरिएको छ।

मंगलबार कर्णाली र सुदूरपश्चिमका थोरै तथा बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको छ।

साउन २९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्