उपत्यकाकाे फाेहाेरका थप गाडी आज बञ्चरेडाँडा पुग्ने

फाइल तस्बिर।

काठमाडौँ – काठमाडौँ उपत्यकाकाे फाेहाेर लिएरका थप गाडी आज बञ्चरेडाँडा पुग्ने भएका छन्।

स्थानीयकाे अवराेधका कारण राेकिएका फाेहाेरका गाडीहरू आज आइतबारदेखि पुन: बञ्चरेडाँडा पठाउन लागिएकाे काठमाडाैँ महानगरपालिकाले जनाएकाे छ।

मेयर बालेन शाहका अनुसार स्थानीयकाे कुनै अवरोध नभएमा आजदेखि ३५० गाडी फोहोर बोकेर बञ्चरेडाँडा पुग्ने बताएका छन्।

उनका अनुसार यसअघि शनिबार बेलुकी १५२ वटा गाडी फोहोर बोकेर बञ्चरेडाँडा पुगिसकेका छन्।

आफूहरूको अन्तिम लक्ष्य कसैले फोहोरले आक्रन्त हुनु नपर्ने, कसैले ज्यान नगुमाउने र सबैको साझा जित हुने गरेर फोहोर व्यवस्थापन गर्नु रहेको शाहले बताएका छन्।

साउन २९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्