निर्वाचनका लागि दल दर्ता गर्न तीन दिन बाँकी, हालसम्म ४० दर्ता

काठमाडौँ – आगमी मंसिर ४ हुने गते हुन गइरहेको संघीय र प्रदेश सभा निर्वाचनका लागि दल दर्ता गर्ने समय ३ दिन मात्रै बाँकी रहेको छ।

निर्वाचन आयोगले निमार्ण गरेको कार्यतालिका अनुसार अब ३ दिन मात्रै बाँकी रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। ‘यस बिचमा ४० राजनीतिक दल दर्ता भएका छन्’ पौडेलले भने।

निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि सबैभन्दा पहिला सिके राउत नेतृत्वको जनमत पार्टी दर्ता भएको थियो।

साउन २९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्