रानीबारी क्षेत्रमा चार घण्टा विद्युत आपूर्ति ठप्प

फाइल तस्बिर।

काठमाडौँ – काठमाडौँको रानीबारी क्षेत्रमा आज चार घण्टा (बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म )सम्म विद्युत आपूर्ति बन्द गरिने भएकाे छ।

नेपाल विद्युत प्राधिकरणका अनुसार आइतबार बिजुलीको तार भूमिगत गर्ने काम भइरहेकाले सामाखुसी ११ केभी फिडर अन्तर्गतका रानीबारी र रानीबारी आवास क्षेत्रमा चार घण्टा विद्युत आपूर्ति बन्द हुने भएकाे हाे।

काम सम्पन्न गर्ने अवधि सम्मकाे लागि करिब चार घण्टासम्म विद्युत आपूर्ति बन्द हुने आँकलन गरिएकाे भएपनि काम छिटो सकियो भने छिटाे नै विद्युत आपूर्ति गरिने समेत प्राधिकरणले जनाएकाे छ।

साउन २९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्