‘क्यूएफएक्स’को मुभी टिकट खल्तीबाटै लिन सकिने

काठमाडाैँ – खल्तीले मुभी टिकट खरिद थप सरल बनाउनका लागि क्यूएफएक्ससँग साझेदारी गरेको छ।

अब खल्ती प्रयोगकर्ताले ५० सेकेन्डमै क्यूएफएक्सको मुभी टिकट खरिद गर्न सक्ने कम्पनीले जनाएकाे छ।

खल्तीका अनुसार यो सुविधा विशेष खल्तीको एपमा मात्र उपलब्ध रहेको छ। यसअघि क्यूएफएक्सको मुभी टिकट खरीद क्यूएफएक्स कै वेब साईट लग ईन गरी वा क्यूएफएक्सको एपबाट मात्र गर्न सकिन्थ्यो भने यो साझेदारी पश्चात् खल्ती प्रयोगकर्ताले सिधै खल्ती एप मार्फत मुभी टिकट खरीद गर्न सक्नेछन्।

साथै क्यूएफएक्सको एप/ वेबबाट पनि टिकट खरिद गरी खल्तीबाट पनि भुक्तानी गर्न सकिनेछ। खल्ती एपभित्र गई आफूले हेर्न चाहेको मुभी, उपलब्ध क्यूएफएक्स हल, समय र सिट सजिलै केहि ट्यापमै छनौट गर्न सकिन्छ र आफ्नो टिकट खरिद गरे पश्चात् क्यूएफएक्सको गोजी लोयल्टी पोइन्ट्स र खल्ती पोइन्ट्स पनि प्राप्त हुनेछ।

साथै खल्तीमा आफ्नो बैंक लिंक गरी प्रयोगकर्ताले खल्ती लोड नगरी सिधै बैंक खाता बाटै भुक्तानी प्रक्रिया पुरा गर्न सक्नेछन्।

साउन २९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्