ओली भन्छन्- मेरी श्रीमतीलाई राजनीतिमा ल्याउँदिनँ

फाइल तस्बिर।

काठमाडाैँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नाे श्रीमतीलाई राजनीतिमा नल्याउने बताएका छन्।

आज बिहान काठमाडौँमा भएको युवाहरूको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्ताे बताएका हुन्।

उनकाे कटाक्ष प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई थियाे। पछिल्लाे समय राजनीतिमा देउवा पत्नी आरजु राणाकाे सक्रिय रहेकाे छ। यद्यपि उनले राणाकाे नाम भने लिएका छैनन्।

ओलीले भने,‘मेरी श्रीमतीको पनि डबल डिग्री छ। उनी नेपाल राष्ट्र बैंककी पूर्वकर्मचारी हुन् तर म राजनीतिमा ल्याउदिनँ।’

उनले आफूबाट नातावाद र क्रिपावाद हुने काम नहुनेसमेत दावी गरे।

यसैगरी ओलीले भ्रष्टाचार गरेर अरूलाई खुवाउने काम आफूबाट नहुने पनि बताएका छन्।

सबै भ्रष्ट हुन् भनेर हल्ला चलाउनेहरू नै भ्रष्ट भएको ओलीको भनाइ छ।

 

 

साउन २९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्