हिमाल डेन्टल अस्पताल र भिभान्ता डेन्टलमा मुक्तिनाथ विकास बैंकका ग्राहकलाई १५ प्रतिशत छुट

काठमाडौँ – मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङका ग्राहकहरुले हिमाल डेन्टल अस्पताल र भिभान्ता डेन्टल अस्पतालमा १५ प्रतिशत छुट पाउने भएका छन्। बैंक र दुई अस्पतालबीच छुटसम्बन्धी सम्झौता भएको हो।

सम्झौताअनुसार बैंकका भिषा डेविट कार्ड र मोबाइल बैंकिङ भएका ग्राहकले हिमाल डेन्टल अस्पतालका देशभरका विभिन्न शाखा र काठमाडौँको कमलपोखरीस्थित भिभान्ता डेन्टलमा उक्त छुट पाउनेछन्।

साथै बैंकले डिजिटल कारोबार प्रोत्साहन गर्न मुक्तिनाथ विकास बैंकका एटीएम प्रयोग गरी नेपालभर रहेको भिषा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएमबाट निःशुल्क पैसा निकाल्न सकिने व्यवस्था गरेको पनि जानकारी दिएको छ।

त्यसैगरी प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङजस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभइ घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको बैंकले जनाएको छ।

साउन २९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्