रिडी हाइड्रोपावरको एकीकृत कारोबार

काठमाडौँ – रिडी हाइड्रोपावर र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी मर्ज भई आइतबारदेखि एकीकृत कारोबार सुरु गरेका छन्।

काठमाडौंमा आइतबार एक कार्यक्रम गरी रिडी हाइड्रोपावर र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको एकीकृत कारोबार सुरु गरेको हो।

एकीकृत कारोबार कार्यक्रममा विद्युत् नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहले जलविद्युत्को क्षेत्रलाई कुनै पनि अवस्थामा उचाइमा पु¥याउने बताए। उनले जलविद्युत्को विकास गरी उचाइमा पु¥याउन निजी क्षेत्र अगाडि रहेको बताए।

अध्यक्ष सिंहले देशमा भएको जलविद्युत्को स्रोतलाई प्रयोग गरे मात्रै नेपालको श्रीवृद्धि हुने बताए। उनले विद्युत् नियमन आयोगलाई जलविद्युत् कम्पनीलाई कर छुट दिने अधिकार नभएको बताए। अध्यक्ष सिंहले विद्युत् नियमन आयोगले विद्युत् निर्माणमा सहुलियत प्रदान गर्नेमा सहयोग गर्न सक्ने बताए।

अध्यक्ष सिंहले कुनै स्वार्थमा नलागी काम गर्ने हो भने जलविद्युत् क्षेत्रको विकास गर्न सकिने बताए। उनले दुई वटा विद्युत् कम्पनी मिलेर ठूलो आयोजना बनाउन सक्ने बताए।

 

साउन २९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्