प्यूठान जीप दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या तीन पुग्यो

दाङ – प्यूठानमा भएको जीप दुर्घटनामा परेर मृत्यु हुनेको संख्या तीन पुगेको छ। जिल्लाको नौबहिनी गाँउपालिका–६ बाहानेमा भएको जीप दुर्घटनामा घाइतेमध्ये ३ जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा २५ वर्षीय चालक लुकेश थापा, चार वर्षीया चेतना बुढा र डेढ वर्षीया करूणा बुढा रहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ।

बाग्दुलाबाट नौबहिनी गाउँपालिका–५ डाम्री जाँदै गरेको लु १ ज १५४५ नं. को जीपमा १८ जना सवार रहेका थिए। दुर्घटनामा १३ जना सामान्य घाइते छन्।

घाइते हुनेहरूमा ५२ वर्षीय मिनाराम सुनार, २६ वर्षीय इन्द्र बहादुर बुढामगर, २३ वर्षीय रविन घम, १८ वर्षीय धनमला थापामगर, ११ वर्षीय रोशन थापा मगर, २८ वर्षीय होम बहादुर थापामगर, २८ वर्षीय मिनराज राना क्षेत्री, ६० वर्षीया दिलसरी विक, ११ वर्षीया रियासा थापा, २८ वर्षीय गोविन्द केसी, २५ वर्षीया लक्ष्मी घर्तिमगर र २५ वर्षीया रेमसरा थापा मगर रहेका छन्।

घाइतेमध्ये गोविन्द केसी ऐरावती गाउँपालिका र अस्मिता बुढामगर लुङ्ग्री गाउँपालिका रोल्पा निवासी हुन्। अन्य सबै नौबहिनी गाउँपालिका ५ डाम्री निवासी रहेको प्रहरीले जनाएको छ।

साउन २९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्