प्रि-ओपन सेसनमा नेप्से सूचक २.८२ अंकले घट्यो

काठमाडाैँ- प्रि-ओपन सेसनमा नेप्से सूचक २.८२ अंकले घटेको छ। यससँगै सूचक २००७.१९ विन्दुमा अडिएको छ।

१४ लाख ३० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने १७ कम्पनीको १७ सय ५५ कित्ता सेयर कारोबार भएको छ।

यो सेसनमा कुल ४९ वटा कारोबार भएको छ। ४ कम्पनीको भाउ बढेको छ भने १० वटाको मूल्य घटेको छ।

बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।

साउन ३०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्