काठमाडाैँ – नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले आज काठमाडाैँकाे बानेश्वर आसपासकाे फाेहाेर संकलन गर्दै सांकेतिक रूपमा विराेध जनाएकाे छ।

लामाे समयदेखि काठमाडाैँका सडकमा फाहाेरमैला सडकमा जम्मा भएर आम नागरिकलाई त्रासित बनाउँदा पनि फाेहाेर नउठाइएकाे भन्दै संघले सांकेतिक विराेध जनाएकाे  हाे।

आज बानेश्वरकाे फाेहाेर संकलन गरेर यसकाे सुरुवात गरेकाे भन्दै आगामी दिनमा अझै प्रभावकारी अभियान चलाउने विराेध प्रदर्शनमा सहभागीहरूले बताएका छन्।

आफूहरूले फाेहाेर संकलन गरेर कुहिने र नकुहिन छुट्याएर आफैँ व्यवस्थापन गर्ने उनीहरूकाे भनाइ छ।

फाेहाेरले विभिन्न किसिमका राेगहरू निम्ल्याउँदा समेत पनि सरकार र सम्बन्धित पक्षले बेवास्ता गरेका कारण आफूहरूले याे कदम चाल्नु परेकाे प्रदर्शनमा सहभागी एक विद्यार्थी नेताकाे भनाइ छ।