यस्तो छ चलचित्र ‘बाबरी’को ट्रेलर

काठमाडौँ – नेपाली चलचित्र बाबरीको ट्रेलर सार्वजनिक भएको छ।

सोमबार काठमाडौँमा एक कार्यक्रमकाबीच ट्रेलर सार्वजनिक गरिएको हो।

फिल्ममा अभिनेता धिरज मगर, अदिती बुढाथोकी, धिरज नदकार, बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला गुरुङ, दिलिप गुरुङ, दिचेन्ला वाङ्बोको अभिनय रहेको छ।

कार्यक्रममा बोल्दै अभिनेता मगरले नेपाली सिने क्षेत्रमा स्टारडम बनाउन र अरुको ठाउँ ओगट्न आफू नआएको बताए। उनले आफ्नो कलालाई सकेसम्म राम्रो गर्ने उद्देश्यका साथ कलाकारितामा लागेको र अग्रजहरुका अभिनयलाई हेरेर सिक्दै अघि बढ्ने बताए।

त्यस्तै अभिनेत्री बुढाथोकीले काम गर्दा कुनै कठिनाइ नभएको बताइन्। उनले फिल्म धेरै मिहेनत गरेर बनाएकोले हेर्नयोग्य चलचित्र रहेको बताइन्।

चलचित्र बाबरी आगामी असोज १४ गते देशभर प्रदर्शन हुनेछ। चलचित्र निर्माणको काम नसकिएकोले १४ दिन पछाडि सारिएको हो।

फिल्म अभिनेत्री बुढातोकीका मातापिता गणेश बुढाथोकी र पुष्पलता बुढाथोकीले निर्माण गरेका हुन्। फिल्ममा संगीत कालीप्रसाद बास्कोटा, सुजन चापागाईं र अनमोल गुरुङको छ। फिल्म निर्देशन र सम्पादन सुरेन्द्र पौडेलले गरेका हुन्।

साउन ३०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्