काठमाडौँ – सरकारले संसदमा पेश गरेको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग संशोधन विधेयक, २०७९’विरुद्ध द्वन्द्वपीडितहरुले प्रदर्शन गरेका छन्।

द्वन्द्वपीडित र मानव अधिकार समुदायको आयोजनामा सोमबार राजधानीमा प्रदर्शन गरिएको हो।

सरकारले द्वन्द्वपीडितलाई थप पीडा दिने गरी विधेयक ल्याएको उनीहरुको गुनासो छ। प्रदर्शनमा सहभागीहरुले पीडितले सम्मानजनक न्याय पाउनुपर्ने बताएका छन्। सरकारले कानुन बनाएर दोषीलाई उन्मुक्ति दिन खोजेको उनीहरुको भनाइ छ।

सरकारले सदनमा पेश गरेको विधेयकप्रति राष्ट्रिय मानवअघिकार आयोगले  समेत असहमति प्रकट गर्दै आएको छ।